उडिरहेको जहाजमा यात्रुले एयरहोस्टेसको मुखमा मुक्का हानेर दाँत झारिदिइन्
काठमाडौं। अमेरिकामा उडिरहेको एक विमानमा एक यात्रुले एयरहोस्टेसको मुखमा मुक्का हानेर दुईवटा दाँत झारिदिएकी छिन् । यो घटनाको भिडियो फुटेज सार्वजनिक भएसँगै अमेरिकी एयरलाइन्सहरुले उडानको क्रममा यात्रुलाई अल्कोहल दिन बन्द गरेका छन् । साउथवेस्ट एयरलाइन्सको विमानमा यो घटना भएको थियो ।
विवियना किनोनेज नामकी २८ वर्षकी महिला यात्रुले आफूलाई एयरहोस्टेसले सिट बेल्ट लगाउन आग्रह गर्दा रिसाएर आक्रमण गरेको बताइएको छ । उनलाई पक्राउ गरिएको छ । घटनापछि साउथवेस्टले अनिश्चितकालका लागि विमानमा अक्कोहल सदन बन्द गरिएको जनाउँदै पुनः अल्कोहल सेवा सुरु गर्नुअघि यसको पुनःमूल्यांकन गर्ने बताएको छ ।
विमान साक्रेमान्टोबाट सान डिएको जाँदै गर्दा घटना भएको थियो । घटनापछि अमेरिकन एयरलाइन्सले पनि यात्रुहरुलाई अल्कोहन दिन बन्द गरेको छ । अमेरिकन एयरलाइन्समा फ्लाइट सर्भिस म्यानेजर ब्राडी बिन्र्सले एक मेमो जारी गर्दै सावधानीका साथ सेवा संचालन गर्ने बताएका छन् । उनले अल्कोहलले उडानमा यात्रुलाई हिंग्क बनाउन सक्ने भएकोले अल्कोहल दिन बन्द गरिएको बताएका छन् ।







डिसी नेपाल








Facebook Comment