कोरोनाविरुद्धको अग्रपंत्तिका योद्धाका लागि बारबरा फाउण्डेशनद्वारा १ करोडको पुरस्कार घोषणा
काठमाडौं। बारबरा फाउण्डेशनले कोरोना महामारीविरुद्धको लडाइँमा अग्रपंत्ति रहेर खटिएका योद्धाहरुका लागि एक करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेको छ। फाउण्डेशनले सोमबार एक विज्ञप्ति जारी गर्दै सो पुरस्कार घोषणा गरिएको जानकारी दिएको हो।
कोभिड महामारी विरुद्ध अग्रपंत्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी लगायत एम्बुलेन्स चालक तथा संस्थाहरु मध्येबाट छनौट गरिएको व्यक्ति वा संस्थालाई प्रदान गरिने छ। गत वर्ष पनि विभिन्न क्षेत्रका कोरोनाविरुद्धका योद्धालाई फाउण्डेशनले सम्मान गरेको थियो। सो पुरस्कारका लागि फाउण्डेशनका सदस्य तथा उद्यमी सुहिृद घिमिरेको तर्फबाट रकम प्राप्त हुने जनाइएको छ।
प्रेस बक्तव्य
बारबरा फाउन्डेसनमार्फत उद्यमी सहिृद घिमिरेबाट रु १ करोड १ रुपयौं राशीको पुरस्कार घोषणा
यतिबेला नेपाल लगायत विश्व नै कोरोना भाइरसको नयाँ भेरियन्टद्वारा सिर्जित अनिश्चियको महामारीसँग लडिरहेको छ । विकसित देशहरुलाई समेत अप्ठ्यारोमा पारको यो समस्यामा जनस्वास्थ्यका कमजोर पुर्वाधार, राज्यका निकायको अपर्याप्त सहयोग र सिमित स्रोत साधनको उपलव्धता भएको हाम्रो जस्तो मुलुकको जनस्वास्थ्यको अवस्था अझ गम्भीर स्थितिमा छ । यस्तो स्थितिमा पनि अग्रपंक्तिमा बसेर खट्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
अग्रपंक्तिका सिपाहीका रुपमा अनवरत लागि पर्ने विभिन्न पेशाकर्मी मध्ये स्वास्थ्यकर्मीहरुको भूमिका नै सबैभन्दा महत्वपुर्ण रहेको छ । नेपालको विकट हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न चुनौतीपुर्ण भूगोलमा बसेर सिमित श्रोत साधनलाई व्यवस्थापन गर्दै दैनिक आउने चुनौतीका वावजुद विरामीको जीवन रक्षाका लागि लागि पर्नु पक्कै सहज छैन । व्यक्तिगत तथा पारिवारिक जीवनलाई तिलाञ्जली दिएर मानवीय कार्यमा खट्ने हरेक महान व्यक्तिहरुको आजको अवस्था हेर्दा उहाँहरुको प्रशसां जति गरे पनि कमै हुन्छ । उहाँहरुको पेशाभन्दा माथिको मानवताप्रतिको समर्पण भाव देखेर यस फाउन्डेसनका कार्यकारिणी सदस्य श्री सुहिृद घिमिरे, जो कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका एकमात्र आधिकारिक विक्रेता हुनुहुन्छ । र, उहाँकी समाजसेवी छोरी अदिति घिमिरेको हृदयमा “हाम्रो पनि स्वास्थ्यकर्मीहरुप्रति केही न केही उत्तरदायित्व छ । उहाँहरुप्रतिको सम्मानमा कुनै तरिकाले आवद्धता देखाउनुपर्छ” भन्ने भाववाट प्रेरित भई उहाँहरुले स्वास्थ्यकर्मीहरुलाई हौशला तथा सम्मान स्वरुप वारवरा फाउन्डेसनमार्पmत रु एक करोड एक रुपैयाँ सम्मान राशी प्रदान गर्न लाग्नु भएको कुरा जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं ।
वारवरा फाउन्डेशनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई विशेष सम्मान प्रदान गरेको पुनः स्मरण गर्दै यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न तथा “हामी नेपाल समूह” का संकटका सारथी युवाहरुसँग मिलेर निरन्तर काम गरिरहेको जानकारी गराउदँछौं । देशका सरकारी, सामुदायिक वा गैह्रनाफामुलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येवाट निष्पक्ष छनौट गर्नको लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा लोचन कार्कीलगायत रहनु भएको एक निर्णायक समिति गठन गरिएको छ । निर्णायक समितिवाट छानिने सम्मानित व्यक्तित्व मार्फत सम्पूर्ण अग्रपंक्तिमा डटेर खट्नु हुने स्वास्थ्यकर्मीहरुप्रतिको सम्मान हुने हाम्रो विश्वास छ । साथै सवै देशवासीमा सुरक्षित रहन र अरुलाई सुरक्षित राख्न विनम्रतापूर्वक हार्दिक अपिल गर्दछौं ।
डा सन्दुक रुइत
अध्यक्ष
बारबरा फाउण्डेशन
मितिः २०७८ जेठ १७ गते सोमबार







डिसी नेपाल







Facebook Comment