कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग

डिसी नेपाल
१८ जेठ २०७८ १०:१०
72
Shares

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ। कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ। ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा बलराम श्रेष्ठले जानकारी दिए।

जापानबाट महेश श्रेष्ठले रु एक लाख, डा बलराम श्रेष्ठले रु ८० हजार, कृष्णप्रसाद भण्डारीेले रु १० हजार, भेषनारायण श्रेष्ठले रु १० हजार र शङ्करप्रसाद न्यौपानेले रु १० हजार गरी रु दुई लाख १० हजार पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ। जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ। अन्य देशबाट रु १८ लाख जम्मा भएको उनले बताए। हालसम्म अन्य देशबाट समेत गरी रु २१ लाखको सहयोग जुटाउन लागिएको छ। प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ।

जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ । सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न पनि शाखाले सार्वजनिक आह्वान गरेको छ । जम्मा हुने सहयोग बैंकमार्फत नै पठाइने जापान शाखा संयोजक श्रेष्ठले बताए। प्राप्त सहयोग कांग्रेसका सम्बन्धित जिल्ला कार्य समितिमार्फत कोरोना सङ्क्रमित भई जीवन मरणका लागि लडिरहेका नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन उपयोग गरिने जनाइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.