उपत्यकाका सिडियाेकाे बैठक बस्दै : निषेधाज्ञा खुकुलो पार्ने संकेत
काठमाडौं । जारी निषेधाज्ञा जेठ २० गतेपछि खुकुलो हुने संकेत देखिएको छ। मंगलबार बस्ने उपत्यकाका सिडियोहरुको बैठकपछि निर्णय आउने छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले डिसी नेपालसँग कुरा गर्दै भने, ‘खुकुलो नै हुँदैन होला। तर, खाध्यान्न पसलहरुलाई अलि सहजिकरण गर्ने कि भन्ने कुरा हो। बैठकपछि धेरै कुरा थाहा हुन्छ।’
उनका अनुसार सिडियोको बैठक बस्नु पूर्व सिडियोहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने छन्। स्वास्थ्य मन्त्रालयको कोभिडको डाटा एनालाइसिसपछि सिडियोहरुको बैठक बस्ने छ।
‘स्वास्थ्यमन्त्रालयसँगको छलफलपछि कस्तो निष्कर्ष निस्किन्छ भन्ने हो। तर, अहिले नै यही हुन्छ भन्ने छैन,’ पराजुलीले भने।
यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले बैज्ञानिक तरिकाले लकडाउनलाई खुकुलो बनाउने की भन्ने बारे सोचेको बताए। डिसी नेपालसँग उनले भने, ‘हामी अलि बैज्ञानिक तरिकाले जानु पर्छ की भन्ने मलाई लागेको छ। तीन वटै जिल्लाका प्रजिअहरु बसेर आउने निचोड त एउटा होला।’
उनका अनुसार जोरविजोर लागु गर्ने, सहरकारीबाट कारोबार हुने अवस्थामा सहजता प्रदान गर्ने, बैंकहरुलाई पनि राजश्व संकलन लगायतका काममा सहजिकरण गर्ने गरी निर्णय हुँदै छ।
आज तीन बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने छ। उक्त बैठकले निषेधाज्ञाको अगाडीको निर्णय गर्ने छ।







डिसी नेपाल








Facebook Comment