थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
फाइल फाेटाे।
काठमाडौं। विवेशील साझा पार्टीका नेता उज्ज्वल थापाको मंगलबार निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्तब्ध भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली पनि दिएका छन् । “विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु । दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ,” उनले भनेका छन् ।
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) June 1, 2021
कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको थियो। थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा भएको छ।
थापाको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायत विभिन्न दलका शीर्ष नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन्







डिसी नेपाल








Facebook Comment