खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

डिसी नेपाल
२० जेठ २०७८ ११:५४
352
Shares

काठमाडौं। भावी रणनीति तय गर्न बोलाइएको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। भर्चुअल रुपमा जारी बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यको सहभागिता रहेको नेता राजेन्द्र राईले जानकारी दिए।

उता एमालेले भने नेपाल समूहले वैठक अवैधानिक रुपमा बोलाएको भन्दै सहभागी नहुन सदस्यहरुलाई निर्देशन दिएको छ। पछिल्लो समय पार्टी एकताको प्रयास जारी रहँदा नेपाल समूहले नयाँ पार्टी गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो।

केही दिनदेखि माधव नेपाल समूहका दोस्रो तहका नेता र अध्यक्ष ओली समूहका दोस्रो तहका युवा नेताबीच घनिभूत छलफल भइरहेको छ। नेताहरुबीच पार्टीलाई पुरानै अवस्थामा फर्काएर लैजाने विषयमा सहमति नजिक पुगेको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.