गत २४ घण्टामा काेराेना : संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर
काठमाडौं। गत २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८ हजार ६ सय ६३ जना निको भएर घर फर्केका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यस्तै २ हजार २९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। १४ हजार १ सय ८२ पीसीआर पद्धतिबाट परीक्षण गरिएको छ भने ६ हजार ६ सय ३१ एन्टिजेन पद्धतिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। तर, मृत्यु हुनेको संख्या भने १ सय माथि नै छ। गएको २४ घण्टामा पनि १ सय १ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा ५ लाख ८१ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ हजार ७ सय ३१ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ७६ हजार १ सय ३० जना निको भएका छन्।
हालसम्म ९७ हजार ६ सय ९९ जना आइसोलेसनमा रहेका छन्। ७ सय ५५ जना क्वारेन्टाइनमा छन् । हालसम्म निको हुने दर ८१.९ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा काठमाडौंका ८ सय ९७ जना, भक्तपुरका १ सय ८८ जना र ललितपुरका २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।







डिसी नेपाल








Facebook Comment