निषेधाज्ञा उलंघन गर्ने २ हजार ८ सय बढी सवारी साधन नियन्त्रणमा

डिसी नेपाल
२१ जेठ २०७८ १७:३८
184
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा प्रहरीले २ हजार ८ सय ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार ७ सय ५९ जनालाई निःशुल्क मास्क पनि वितरण गरिएको छ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिएका सवारी साधनमध्ये ७ सय ९८ गाडी र २ हजार ११ वटा मोटरसाइकल रहेका छन्। आवश्यक सोधपुछपछि उक्त सवारी साधनलाई छोडिएको पनि प्रहरीले जानकारी दिएको छ।

तपाईँको मास्क खोई ? अभियान अन्तर्गत हालसम्म ४ लाख ५१ हजार ७ सय ७५ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै ४ सय ५३ जनालाई कोभिड–१९, व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही गरिएको र जसबाट ४१ हजार ४ सय जरिवाना संकलन गरिएको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३ हजार ४ सय ८ जनालाई सम्झाइ बुझाई गरि छोडिएको छ।

प्रहरीका अनुसार देशभर ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.