महिलाले सवा २ करोड खर्चेर १ वर्षमा २० सन्तान जन्माइन्, २३ वर्षको उमेरमा २१ सन्तान !
काठमाडौं। जर्जियाको अत्यन्तै धनी एक परिवारकी महिलाले १ वर्षको समयमा २० जना सन्तान जन्माएकी छिन् । अब उनी २१ छोराछोरीकी आमा भएकी छिन् । उनले यी छोराछोरीको हेरचाहको लागि १६ जना सुसारेहरु राखेकी छिन् । यी सबै सुसारेहरु स्थायी जागिरे हुन् । यी महिला आफैं पनि यी बच्चाहरुको हरचाहमा व्यस्त रहन्छिन् ।
यी महिला आफ्नो परिवार अझै ठूलो बनाउन चाहन्छिन् । २३ वर्षको उमेरमा २१ सन्तानकी आमा बनेकी क्रिस्टिना ओजटर्कका अनुसार उनले जतिबेला आफ्ना अर्बपति श्रीमान ग्यालिपलाई पहिलो पटक भेटेकी थिइन् त्यसपछि नै उनीहरुले मिलेर ठूलो परिवारको सपना देखेका थिए । उनका श्रीमान ग्यालिप पहिले नै विवाहित थिए। उनीहरुको भेट जर्जियाको यात्राको क्रममा भएको थियो ।
क्रिस्टिनाका अनुसार पहिलो सन्धानलाई उनी आफैंले गर्भमा हुर्काएर जन्माएकी हुन् । त्यसपछिका २० सन्तान भने सेरोगेसीबाट जन्मिएका हुन् । तर, यी सबै सन्तानकी जैविक आमा भने उनी नै हुन् । एक वर्ष पहिले उनका एक मात्र सन्तान थिए । एक वर्षपछि अहिले उनका २१ सन्तान छन् । यी बच्चा जन्माउने सेरोगेट आमाका लागि उनीहरुले १ लाख ६० हजार युरो (२ करोड २७ लाख रुपैयाँ) खर्च गरेका छन् ।

यी बच्चाहरुको हेरचाहका लागि उनीहरुले १६ सुसारे राखेका छन् जो उनीहरुको घरमै बस्छन् । यी सुसारेहरुको लागि वर्षमा ९६ हजार डलर (१ करोड १२ लाख रुपैयाँ) खर्च हुन्छ । क्रिस्टिनाका अनुसार उनी हरेक समय आफ्ना बच्चाहरुसँग बस्छिन् र ती सबै कामहरु गर्छिन् जुन एक आमाले आम रुपमा आफ्ना बच्चासँग गर्छिन् । यी २० सन्तान जन्माउनुअघि नै ग्यालिप र क्रिस्टिनाकी ५ वर्षकी छोरी भिक्टोरिया थिइन् । भिक्टोरियालाई क्रिस्टिनाले नै गर्भमा हुर्काएर जन्माएकी हुन् ।
यो परिवार अहिले तीन तलाको हवेलीमा बस्छन् । क्रिस्टिनाका अनुसार सबै बच्चाहरुलाई चाहिने सामानहरुको लागि हरेक हप्ता ५ देखि ६ हजार डलर खर्च हुन्छ । कहिलेकाही यो खर्च केही बढी र कहिलेकाहीँ केही कम पनि हुन सक्छ । फोर्ब्सका अनुसार क्रिस्टिनाका श्रमिान ग्यालिप पर्यटन र परिवहन व्यवसायी हुन् । उनी मूल रुपले टर्कीका हुन् र २०१३ देखि जर्जियामा बसिरहेका छन् । ग्यालिप टर्कीको कम्पनी मेट्रो होल्डिङका संस्थापक हुन् । जर्जियामा उनको ५ सय मिलियन डलर लगानी छ ।







डिसी नेपाल








Facebook Comment