कोभिडको ‘जुनसुकै म्युटेसनविरुद्ध प्रभावकारी’ भ्याक्सिन बनाएको रुसी वैज्ञानिकहरुको दावी
काठमाडौं। रुसी वैज्ञानिकहरुले कोभिडको जुनसुकै म्युटेन्ट स्ट्रेनविरुद्ध प्रभावकारी भ्याक्सिन विकास गरेको दावी गरेका छन् । यो भ्याक्सिनको क्लिनिकल ट्रायल अर्को महिना सुरु हुन लागेको रुसको संघीय मेडिकल–बायोलोजिकल एजेन्सी (एफएमबीए) की प्रमुख तात्याना याकोभ्लेभाले बताइन् । उनले कोरोनाभाइरसको जुनसुकै म्युटेसन भए पनि यो भ्याक्सिनले मानिसलाई कोभिड–१९ बाट बचाउने दावी गरिन् ।
याकोभ्लेभाका अनुसार यो भ्याक्सिन अरुभन्दा फरक छ किनकि यसले मानव शरीरमा निश्चित प्रोटिनहरुको हकमा ह्युमरल इम्युनिटी उत्पन्न गर्छ । भाइरसको म्युटेसन त्यतिबेला उत्पन्न हुन्छ जब भाइरसमा नयाँ पेटिन विकास हुन्छ र उपचार प्रतिरोधी बन्छ । जुलाइकमा क्लिनिकल ट्रायल सुरु भएपछि यो भ्याक्सिनको प्रभावकारिताबारे जानकारी सार्वजनिक गरिनेछ । एक बरिष्ठ अधिकारी इगोर बोरिसेभिचले भने ‘यो वर्षको अन्त्यसम्म हामीले यो भ्याक्सिनको वास्तविक प्रतिरोधी क्षमता थाहा पाउनेछौं जसले यो मानिसको लागि सुरक्षित छ वा छैन भन्ने पनि देखाउनेछ ।’
द सनमा प्रकाशित एक रिपोर्टअनुसार ती अधिकारीले सेन्ट पिटसबर्गमा आयोजित अन्तर्राष्ट्रिय आर्थिक फोरममा भने ‘हामीलाई विश्वास छ टी सेल इम्युनिटीले शरीरलाई लामो समयसम्म सार्स सीओभी २ बाट रक्षा गर्नेछ ।’ रुससँग अहिले तीन भ्याक्सिन छन् । तीमध्येको स्पुतनिक भीलाई मस्कोले आफ्नो नयाँ तेलको रुपमा ब्राण्डिङ गरेको छ ।







डिसी नेपाल








Facebook Comment