बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

डिसी नेपाल
२२ जेठ २०७८ १९:३६
292
Shares

लण्डन । बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको पनि पाइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.