महतोको प्रस्टोक्तिः म राष्ट्रिय अखण्डाप्रति प्रतिवद्ध छु
फाइल फाेटाे
काठमाडौं। बुहल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलन गर्ने विवादास्पद अभिव्यक्ति दिएपछि चर्को आलोचना खेपेका नवनियुक्त उपप्रधानमन्त्री तथा जनता समाजवादीका महन्थ ठाकुर समूहका नेता राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डाप्रति प्रतिवद्ध रहेको प्रस्टोक्ति दिएका छन्।
शनिबार राति एक विज्ञप्ति जारी गर्दै महतोले प्रस्टोक्ति दिएका हुन्। उनले आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएकोसमेत बताएका छन्। उनले देश बहु जातीय, बहु भाषिक, बहु धार्मिक रहेको र सोहीअनुसार अभिव्यक्ति दिएको बताएका छन्। उनले संविधानमा रहेका असन्तुष्टिबारे संविधान संशोधनका लागि बनेको कार्यदलमै आफ्नो धारणा राख्नेसमेत बताएका छन्।
शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यका लागि राष्ट्रिय मुक्ति आन्दोलन जारी रहने बताएका थिए। उनको यो भनाइपछि चौतफी आलोचना भएको छ।








डिसी नेपाल








Facebook Comment