राजकुमार ह्यारी र मेगनले दोस्रो सन्तान जन्माए
काठमाडौं। बेलायती राजकुमार ह्यारी र मेगन मर्केलले दोस्रो सन्तान जन्माएका छन् । मेगनले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । छोरकिो नाम राजकुमार ह्यारीकी दिवंगत आमा डायनालाई श्रद्धाञ्जलीस्वरुप लिलबेट डायना राखिएको छ । शुक्रबार मेगनले स्वस्थ बच्चालाई जन्म दिएको समाचारमा जनाइएको छ ।
राजकुमार ह्यारी र मेगनका एक प्रवक्ताले बताएअनुसार मेगनले अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा बारबरा कटेज अस्पतालमा छोरी जन्माएकी हुन् । राजकुमार ह्यारी र मेगनको जीवनमा ठूलो उतारचढाव आइरहेका बेला उनीहरुले छोरी जन्माएका हुन् । यसअघि यो जोडीले शाही परिवारले आफ्ना छोरालाई राजकुमार बनाउन नचाहेको किनकि बालक आर्ची जन्मिनुपूर्व परिवारलाई उनको रंग अश्वेत हुन सक्ने डर भएको खुलासा गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment