कर्मचारीलाई तलब दिन नसक्ने भएपछि मुम्बइको हयात रिजेन्सी होटल बन्द

डिसी नेपाल
२५ जेठ २०७८ १२:३८
1.3k
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण आयस्रोत ठप्प हुँदा कर्मचारीलाई पैसा दिन नसक्ने भएपछिमुम्बइको हयात रिजेन्सी होटल बन्द भएको छ । होटलले आफ्नो मालिक कम्पनी एसियन होटल्स (वेस्ट) बाट अब कुनै पैसा नआउने भएकोले अब होटल संचालन गर्न नसकिने भन्दै सबै कर्मचारीहरुको लागि होटलका सबै काम अस्थायी रुपमा बन्द गरिएको व्यहोराको सूचना जारी गरेको बिजनेस टुडेले जनाएको छ ।

होटलले जारी गरेको सूचनामा फण्डको एकदमै अभाव भएको र होटल संचालन गर्ने कम्पनीबाट तत्काल कुनै फण्ड आउनेवाला नभएकोले अर्को सूचना नआउँदासम्मका लागि होटल बन्द रहने बताइएको छ । होटलले बयानमा भनेको छ ‘होटलका सबै इनरोल स्टाफलाई सूचित गरिन्छ कि हयात रिजेन्सी मुम्बइको मालिक एसियल होटल्स वेस्ट लिमिटेडबाट कुनै फण्ड आउँदै छैन जसबाट कर्मचारीलाई तलब दिन सकियोस् वा होटलको काम चलाउन सकियोस् । त्यसैले तत्काल लागू हुने गरी सबै कामकाज अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.