इजरायलमा मैत्रीपूर्ण खेलको आयोजना

डिसी नेपाल
२५ जेठ २०७८ १४:३७
108
Shares

नेपाल र इजरायलबिच कुटनितिक सम्बन्ध स्थापना भएको ६० औं बर्ष पुगेको उपलक्ष्यमा तेलअभिवमा एक खेलको आयोजना गरियो । मामानेट-क्याचवल नाम दिइएको मैत्रीपूर्ण खेलमा नेपाल र इजरायलका गरि ६ समूहमा बिभाजित महिलाले भाग लिएका थिए।

इजरायलकालागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले उद्घाटन गरेको सो खेलमा आयोजनास्थल जेनेइ टिक्भा नगरका मेयर लिजी डेलारिचा, मामानेट सस्थाका सस्थापक अध्यक्ष ओफ्रा अवर्मोभिच, सस्थाका कार्यकारी प्रमुख करिन इनेश लगायत उपस्थित थिए।

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार उक्त अवसरमा बोल्दै राजदूत शाक्यले यस्ता प्रतियोगिताले दुई देश बीचमा रहेको साँस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने बिश्वास ब्यक्त गरिन्। उनले महिलालाई खेलप्रति रुचि जगाउन सके आत्मबिस्वास बढ्ने बताइन्।

इजरायलमा लार्जेस्ट फेमिनिन् स्पोर्ट्सका रुपमा रहेको यस खेललाई नेपालमा समेत विस्तार गर्न आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जाहेर गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.