प्रथमा उप्रेती राष्ट्रसंघीय महासभाको दोस्रो कमिटीको संयोजक निर्वाचित
काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको ७६ औं सत्रको लागि महासभाको दोस्रो कमिटी भनेर समेत चिनिने आर्थिक तथा वित्तीय कमिटीको संयोजक निर्वाचित भएकी छिन् । यो कमिटी संयुक्त राष्ट्रसंघको महासभाका लागि गठन गरिने ६ प्रमुख कमिटीमध्येको एक हो ।
आइतबार भएको संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघीय महासभा निर्वाचनबाट उप्रेती निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उप्रेती परराष्ट्र मन्त्रालयकी उपसचिव समेत हुन् । उनको कार्यकाल आगामी सेप्टेम्बरसम्म रहनेछ ।
राष्ट्रसंघको ७६ औं महासभाको अध्यक्षमा भने माल्दिभ्स निर्वाचित भएको छ । माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिद ७६ औं महासभाको अध्यक्ष रहनेछन् । यसअघि राष्टसंघको ७५ औं महासभामा सेकेण्ड कमिटीको अध्यक्षता राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले गरेका थिए ।







डिसी नेपाल








Facebook Comment