रुसी अन्तरिक्ष वैज्ञानिकहरु तिब्बती बौद्ध भिक्षुको शरणमा
काठमाडौं। रुसी अन्तरिक्ष वैज्ञानिकहरु अहिले तिब्बली बौद्ध भिषुहरुको शरणमा पुगेका छन् । भविष्यमा हुने अन्तरिक्ष मिशनमा जाने अन्तरिक्ष यात्रीहरुलाई चाहिने कौशलको खोजीका लागि उनीहरु भिक्षुको शरणमा पुगेका हुन् । वैज्ञानिकहरुले बौद्ध भिक्षुहरु कसरी हप्तौंसम्म अर्धसुषुप्त अवस्थामा रहन सक्छन् भन्ने जान्ने प्रयास गरिरहेका छन् ।
बौद्ध भिक्षुहरु गहन ध्यानमा कसरी जान्छन् र पनि फेरि कसरी सामान्य अवस्थामा आउँछन् भन्ने वैज्ञानिकहरुले जान्ने प्रयास गरिरहेका छन् । बौद्ध भिक्षुहरुको प्राचीन पद्धतीको ज्ञान भविष्यमा हुने लामो दूरीका अन्तरिक्ष मिशनमा जाने अन्तरिक्ष यात्रीहरुका लागि उपयोगी हुने वैज्ञानिकहरुको विश्वास छ ।
डेलीमेलका अनुसार मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुले १०० तिब्बती भिक्षुहरुबारे अध्ययन गरिरहेका छन् । लामो दूरीको अन्तरिक्ष मिसनका प्रमुख तथा मार्स–५०० अभियानको नृतृत्व गरिरहेका प्राध्यापक युरी बबयेभका अनुसार भिक्षुहरुले कायम राख्न सक्ने शितनिद्राको स्थिति मंगल जस्ता मिशनको लागि महत्वपूर्ण हुनेछ ।
प्रोफेसर बबयेभको टिम खासगरी मरणेपरान्त ध्यान जस्ता दावीहरुमाथि अध्ययन गरिरहेको छ । यसमा भिक्षुहरुलाई चिकित्सकीय रुपमा मृत घोषित गरिन्छ तर यसका बावजुद उनीहरु हप्तौंसम्म बिना कुनै क्षय सिधा बसिरहन्छन् । अर्थात यति धेरै दिनसम्म पनि यनीहरुको शरीरमा मृतजस्तो कुनै दुर्घन्ध वा अन्य लक्षण देखिँदैन ।
रुसी अन्तरिक्ष विज्ञानीहरु तिब्बती भिक्षुहरुका तरिका र विधिको प्रयोग लामो अवधिको अन्तरिक्ष यात्राको लागि वरदान साबित हुने विश्वास गर्छन् । प्रोफेसर बबयेभका अनुसार यो विधिले मानिसलाई धेरै नोक्सानी नगरी उनीहरुको अन्तरिक्षमा जाने सपना पूरा गर्न सक्छन् ।







डिसी नेपाल








Facebook Comment