प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

डिसी नेपाल
२७ जेठ २०७८ १५:०९
396
Shares

काठमाडाै। प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्रिपरिषद विस्तार गरेका छन्। याेसँगै मन्त्रिपरिषदले पूर्णता पाएकाे छ। प्रधानमन्त्री ओलीले आज सात मन्त्री र एक राज्यमन्त्री थप गरी २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्। संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ।

मन्त्रीहरुको शपथ अहिले ४ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ। यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गरेका थिए।

प्रधानमन्त्री ओलीले आज खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण नियुक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.