कालीगण्डकी करिडोर चार दिनपछि पुनः सञ्चालन

डिसी नेपाल
२९ जेठ २०७८ २०:३४
52
Shares

पर्वत । पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ । पर्वतको बिहादी गाउँपालिका–२, खबराको भीरमा पहिरो खस्दा गत चार दिनदेखि अवरुद्ध सडक आजदेखि पूर्णरुपमा सुचारु भएको हो ।

भीरमाथीबाट ढुंगामाटोसहितको ठुलो पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर शुक्रबार दिनभरीमा पहिरो पन्छाएपछि अवरुद्ध सडक नियमित बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए । पहिरो झर्ने क्रम भने नरोकिएकाले जोखिम कायमै रहेको भुसालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.