मर्मत गर्ने मान्छेले युवतीको आइफोनबाट फोटो चोर्दा एप्पले करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्यो
काठमाडौं। आइफोन बनाउने कम्पनी एप्पलले एक युवतीलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिरेको छ । खासमा आइफोन मर्मत गर्ने एक व्यक्तिले गरेको गल्तीका कारण एप्पल कम्पनीले यति ठूलो रकम क्षतिपूर्ति तिर्नुपरेको हो । ५ वर्षअघि यी युवतीको आइफोन बिग्रिएको थियो र उनले यसलाई मर्मत गर्नको लागि एप्पलको सर्भिस सेन्टरमा दिएकी थिइन् । त्यही सर्भिस सेन्टरमा काम गर्ने व्यक्तिले गरेको गल्ती एप्पललाई भारी परेको हो ।
ब्रिटिस टेलीग्राफका अनुसार अमेरिकाको आरेगोनकी २१ वर्षकी ती छात्राले आफ्नो आइफोन मर्मत गर्नका लागि पेगाट्रोन टेक्नोलोजी सर्भिसमा दिएकी थिइन् । यो एप्पलको आधिकारिक सर्भिस सेन्टर हो । जेन डो नामकी ती महिलाको फोनमा केही नग्न तस्वीर पनि थिए जुन तस्वीर त्यहाँ काम गर्ने २ जना प्राविधिकले चोरेर पछि फेसबुकमा पोस्ट गरिदिए । त्यसपछि ती युवतीले एप्पल कम्पनीविरुद्ध ५ मिलियन डलर क्षतिपूर्तिसहित अदालतमा मुद्दा हालिदिएकी थिइन् । द भर्जले एक रिपोर्टमा एप्पलले ती युवतीलाई पैसा दिएको पुष्टि गरेको जनाएको छ । रकम यत्ति नै दिइयो भन्ने प्रस्ट छैन तर टेलिग्राफले रकम ‘मल्टिमिलियन डलर’ भनेको छ ।







डिसी नेपाल








Facebook Comment