भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता १० कक्षा पास
काठमाडौं। भारतीय सेनाले पहिलो पटक नेपाली महिलाहरुलाई भारतीय सेनामा भर्ना गर्ने गरी विज्ञापन खोलेको छ । भारतीय सेनाले महिला मिलिट्री पुलिसको जनरल ड्युटीस्मा १०० जना महिला सैनिक भर्ती गर्ने गरी विज्ञापन खोलेको हो ।
भर्ती हुन चाहने महिलाहरुको उमेर साढे १७ वर्षदेखि २१ वर्षको बीचमा हुनुपर्नेछ अर्थात १ अक्टोबर २००० देखि १ अप्रिल २००४ को बीचमा जन्मिएकाहरुले आवेदन दिन पाउनेछन् । उचाइ १५२ सेन्टिमिटर हुनुपर्नेछ तर गोर्खाली अर्थात नेपालीको हकमा ४ सेन्टिमिटर छुट दिइनेछ । नेपाली र भारतीय गोर्खालीको हकमा शैक्षिक योग्यता १० कक्षा पास भए पुग्नेछ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ । आवेदन यही जुलाइ २० सम्म दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment