१ हजार वर्ष पुरानो कुखुराको अण्डा सिंगै भेटियो, सफा गर्न खोज्दा फुट्यो

डिसी नेपाल
३० जेठ २०७८ १७:४५
200
Shares

काठमाडौं। इजरायलमा १ हजार वर्ष पुरानो कुखुराको अण्डा सिंगै भेटिएको छ । यसलाई विश्वकै सबैभन्दा पुराना अण्डामध्येको एक भनिएको छ । यो अण्डा १० औं शताब्दीको भएको बताइएको छ । मध्य इजरायलको यावने शहरमा उत्खननको क्रममा यो अण्डा भेटिएको थियो । यावने शहरमा अहिले शहरी विकासको परियोजना चलिरहेको छ ।

जेरुसेलम पोस्टका अनुसार इजरायली पुरातत्व विभागका विशेषज्ञ डा. ली पेरी गालले भनेका छन् ‘यो इजरायल र विश्वमै निकै दुर्लभ खोज हो । अण्डाको बोक्रा उत्खननको क्रममा भेटिनु निकै रोचक मानिन्छ तर यो सामान्य हो । एउटा पूरै सिंगो अण्डा भेटिनु आफैंमा दुर्लभ हो ।’ यसअघि इजरायलमा प्राचीन अण्डाकाबोक्राहरु जेरुसेलमको सिटी अफ डेभिडमा कैयौं पटक भेटिइसकेका छन् ।

यो प्राचीन स्थलमा पुरातत्वविदहरुले इस्लामिक कालको मलकुण्ड भेटेका छन् । पुरातत्वविद त्यतिबेला आश्चर्यचकित भएका थिए जब उनीहरुले मलकुण्डभित्र असामान्य चीज देखे । इजरायली पुरातत्वविद अल्ला नागोरस्कीले भने ‘यो अण्डा सिंगै यसकारण बच्यो किनकि यो उक खास स्थितिमा १ हजार वर्षसम्म रह्यो । यो अण्डा मानिसको मलको बीचमा रह्यो, यही कारण सुरक्षित रह्यो ।’

अल्लाले भने ‘आज पनि अण्डा धेरै लामो समयसम्म सुपरमार्केटको कार्टुनभित्र रहिरहन पाउँदैनन् । यो सोचेर नै धेरै सुखद महसुस हुन्छ कि यो अण्डा १ हजार वर्ष पुरानो हो ।’ यो अण्डा अहिले भने फुटिसकेको छ र यसभित्रका कुराहरु बाहिर आइसकेका छन् । तैपनि यो अण्डाको भित्री पहेंलो भागको केही भाग बचेको छ । यसबाट भविष्यमा यसको थप जाँच गर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.