लामो कपालका कारण प्रहरीले कलाकारलाई पक्रेर थुनेपछि…

डिसी नेपाल
३१ जेठ २०७८ १२:३४
548
Shares

काठमाडौं। कपाल लामो राख्नु अपराध होइन । कपाल लामो राखेकै कारण कसैलाई पक्राउ गरेर जेलमा हाल्न मिल्दैन । तर, एक कलाकारले भने लामो कपालकै कारण जेलको हावा खानुपरेको छ । यी कलाकार हुन् पाकिस्तानी थिएटर अभिनेता अबुजार मधु । उनलाई यसअघि पनि कपालकै कारण निकै विचित्र परिस्थितिको सामना गर्नु परिसकेको छ । पाकिस्तानको पंजाब प्रान्तका २८ वर्षका मधु थिएटर कलाकार हुनुका साथै बालबालिकालाई पढाउँछन् ।

५ जूनका दिन दिउँसो लाहोरमा मधुलाई जेलमा हालिएको थियो । त्यतिबेला उनले रिक्सा पर्खिरहेका थिए । पुलिस अधिकारीका अनुसार उनीहरुले मधुले यस्तो हुलिया किन बनाए भन्ने बुझ्न सकिरहेका थिएनन् । मधुका अनुसार उनले चुरा जस्ता केही बाला पनि लगाएका थिए र कपाल पछाडि बाँधेका थिए । मधुले भाइस वर्ल्ड न्यूजसँग कुरा गर्दै भने ‘मलाई मेरो कपालका कारण सडकमा रोकिन्छ । पुलिसले प्रायः मेरो तलाशी लिन्छन् । मलाई हरेक दिन पुलिसले कम्तीमा ३ पटक रोक्छन् । मलाई एक अपराधीको रुपमा हेरिन्छ । मलाई गिरफ्तार गरिएको भने यो पहिलो पटक हो ।’

मधुले अगाडि भने ‘पुलिसले मसँग सुधे कि के तिमीले आफ्नो हुलिया हेरेका छौ ? आखिर तिमीले यस्तो लुक र कपालका साथ बालबालिकालाई कसरी पढाउँछौ ? मैले उनीहरुलाई म एक कलाकार भएको बताएँ र सबै दस्तावृज देखाएँ । तर उनीहरुले मलाई भने कि उनीहरु मलाई ‘सिधा’ पार्न चाहन्छन् ।’ पुलिसले त्यसपछि मधुलाई पक्राउ गरे र जेलमा हाले । रोचक त के भने पाकिस्तानमा अवारा बनेर बरालिएर हिँड्नुलाई अपराध मानिन्छ ।

मधुका अनुसार आवारा भएर हिँड्नेलाई रोक्ने कानुन ब्रिटिस राजबाटै चलिरहेका छन् । ब्रिटिस शासकले स्थानीयको चालचलनमा नियन्त्रण गर्न चाहेको भए पनि आज समेत यो कानुन कायमै रहेकोमा उनले दुःख व्यक्त गरे । पाकिस्तानमा वर्गवादी समाज र असमानता धेरै भएको बताउँदै मधुले भने ‘मैले यस्ता कैयौं मानिस देखेको छु जसको लामो कपाल छ तर उनीहरुसँग निजी कार पनि छ । म सार्वजनिक यातायातको प्रयोग गर्छु त्यसैले मलाई सडकमा रोकिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.