संसारकै ठूलो परिवारका घरमूलीको निधन, ३९ श्रीमतीबाट ९४ छोराछोरी जन्माएका थिए

डिसी नेपाल
३१ जेठ २०७८ १३:३०
1.4k
Shares

काठमाडौं। संसारकै सबैभन्दा ठूलो परिवारका अभिभावकको निधन भएको छ । उनका ३९ श्रीमती र ९४ जना छोराछोरी छन् जो एउटै घरमा बस्छन् । भारतको मिजोरम राज्यको एक अस्पतालको आइसीयुमा आइतबार जियोना चानाको निधन भएको हो । ७६ वर्षका उनलाई अघिल्लो हप्ता अचानक बिरामी परेपछि अस्पताल भर्ना गरिएको थियो ।

न्यू इण्डियन एक्सप्रेसका अनुसार उनका १४ जना बुहारीहरु पनि छन् । ३३ जना नातीनातिनी छन् र एक जना पनाती पनि छन् । यो परिवारका सबै सदस्य मिजोरमको सुदूर गाउँ बाक्तोंग तांगनुआममा रहेको १०० कोठाको ४ तले घरमा बस्छन् । मिजोरमका मुख्यमन्त्री जोरामथांगाले ट्वीट गर्दै जिओनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले जिओना र उनको परिवारका कारण मिजोरम प्रमुख पर्यटकीय गन्तव्य बनेको पनि उल्लेख गरेका छन् ।

जिओनाको परिवारको घरलाई छुआन्थार रन भनिन्छ जसको नेपाली अनुवाद नयाँ पुस्ताको घर भन्ने हुन्छ । यो घरको आफ्नै स्कुल, खेल मैदान, काठको वर्कशप, बंगुर फार्म, कुखुरा फार्म, खेत र तरबारी बारी छ जहाँको उत्पादन पूरै परिवारलाई पुग्छ । उनीहरुको खाना खाने समय सेनाको खाना खाने समय जस्तै हुन्छ जहाँ परिवारका महिलाहरुलाई खाना बनाउन घण्टौं लाग्छ । उनीहरुलाई एक छाख खानाको लागि ३० वटा कुखुरा, ६० किलो आलु र १०० किलो चामल लाग्छ ।

जिओनाकी जेठी पत्नी जाथियांगी (६९) ले घरभित्रको दैनिक कामको नेतृत्व गर्छिन् जसमा उनलाई जिओनाका अन्य पत्नीहरु, छोरीहरु र बुहारीहरुले सघाउँछन् । हरेक दिन त्यहाँ माझ्नुपर्ने भाँडा र धुने कपडाको पहाड हुन्छ जुन उनीहरुले हातैले धुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.