थप २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार १८७ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४४९ पीसीआर परीक्षण गर्दा १ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८४१ परीक्षण गर्दा १ हजार ६४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ४१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६३ हजार २५७ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment