मेलम्चीमा भीषण बाढी र पहिरो, मानवीय क्षतिकाे आशंका
काठमाडाैं। मेलम्चीमा आएको बाढी र पहिरोले सिन्धुपाल्चोकका ठाउँ ठाउँमा क्षति पुर्याएको छ। मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ।

प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ। ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।



फाेटाे /भिडियाे : श्रीधर न्याैपानेकाे फेसबुकबाट
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment