जन्मदिनकै दिन मिथुन चक्रवर्तीलाई आपत, बोल्दा होस नपुगेपछि प्रहरीको फन्दामा

डिसी नेपाल
२ असार २०७८ १२:२७
5.5k
Shares

काठमाडौं। बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई आपत परेको छ । त्यो पनि आफ्नो ७१ औं जन्मदिनकै दिन । बोल्ने बेलामा होस नपुर्याएर विवादित बयान दिएपछि मिथुन प्रहरीको फन्दामा परेका हुन् । कोलकाता प्रहरीले अहिले उनीसँग यस विषयमा सोधपुछ गरिरहेको छ । भारतीय जनता पार्टीका तर्फबाट राज्यसभाका सांसद समेत रहेका मिथुनसँग मालिकलता स्टेशनको पुलिसले भर्चुअल माध्यमबाट सोधपुछ गरिरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

आज बिहान १० बजेर ५ मिनेटको समयपछि उनीसँग सोधपुछ भइरहेको बताइएको छ । भाजपाको चुनाबी कार्यक्रममा मिथुनले दिएका अभिव्यक्तिपछि यो सोधपुछ भइरहेको हो । पश्चिम बंगाल विधानसभा चुनावअघि मार्चको पहिलो हप्ता मिथुन भाजपामा प्रवेश गरेका थिए । त्यसपछि प्रचारको क्रममा मिथुनले कैयौं फिल्मी डाइलग भनेका थिए ।

चुनाबी सभामा मिथुनले चर्चित फिल्मी डाइलग ‘यहाँ मार्छु, लाश श्मसानमा खस्छ’ भनेका थिए । उनका यी फिल्मी डाइलगविरुद्ध मानिकलता स्टेशनमा उजुरी दर्ता भएको थियो । उजुरीमा मिथुनका यिनै घृणा फैलाउने भाषणका कारण पश्चिम बंगालमा निर्वाचनको बेला हिंसा भएको आरोप लगाइएको छ । स्मरणीय छ चुनावअघि भएको हिंसामा यहाँकी मुख्यमन्त्री ममता बनर्जी समेत घाइते भएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.