गत २४ घण्टा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८२ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६८७ पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३३५ परीक्षण गर्दा ८१४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ५२ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६२ हजार १३७ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment