द्वन्द्वपीडितलाई अमेरिकामा शरण लिन रोक्ने ट्रम्पको पालाको कानुन खारेज

डिसी नेपाल
३ असार २०७८ ९:५३
284
Shares

काठमाडौं। अमेरिकामा ट्रम्पको पालामा लागू गरिएको द्वन्द्व र आपराधिक भिडन्त पीडितहरुलाई अमेरिकामा शरण लिन रोक्ने कानुन खारेज भएको छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक बी गेराल्डले बुधबार यो अध्यागमन कानुन खारेज गरेका हुन् । यसलाई बाइडेन प्रशासनले गरेका ट्रम्प प्रशासनका नीतिको खारेजीमध्ये सबैभन्दा महत्वपूर्णमध्येको एक मानिएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार यो निर्णय सबै किसिमका शरणार्थीमा लागू हुनेछ । जसले दशौं हजार आप्रवासीहरुलाई प्रभाव पार्नेछ । अमेरिकामा २०१३ यता आपराधिक समूहको भिडन्तका कारण दशौं हजार मध्य अमेरिकीहरु आएका छन् भने घरेलु हिंसाबाट भागेर पनि ठूलो संख्यामा महिलाहरु आएका छन् । यसरी आएकाहरुले अहिलेसम्म पनि अमेरिकामा कानुनी बसोवासको अनुमति पाएका छैनन् ।

‘यी निर्णयमा हाम्रो देशको शरणार्थी नियमबारे महत्वपूर्ण प्रश्नहरु समावेश छन् जसले विश्वका सबैभन्दा कमजोर मानिसहरुलाई शरण दिने अमेरिकाको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छन्’ सहायक महान्यायाधिवक्ता वनिता गुप्ताले अमेरिकाको न्याय विभागको नागरिक डिभिजनलाई लेखेको एक मेमोमा उल्लेख गरेकी छिन् । गुप्ताले नागरिक डिभिजनको अध्यागमन शाखालाई यो निर्णयपछि रोकिइरहेका कुन कुन केसहरु प्रभावित हुन्छन् भन्ने जाँच गर्न भनेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.