केन्याको नैरोबीमा ८ जना नेपाली युवतीलाई थुनेर राखेर बेली डान्स गराउने व्यक्ति दोषी ठहर
काठमाडौं। केन्याको राजधानी नैरोबीमा एक क्लवमा ८ जना नेपाली र एक पाकिस्तानी युवती गरी ९ जना युवतीलाई थुनेर राखेर क्लवमा बेली डान्स गराउने व्यवसायीलाई ३ वर्ष जेल र ३५ लाख केन्याली शिलिङ (३८ लाख नेपाली रुपैयाँ) जरिवानाको सजाय सुनाइएको छ । शेख फुरोआन हुसेनलाई मंगलबार अदालतले एसियाबाट ए युवतीको तस्करी गरेर केन्यामा गैरकानुनी रुपमा राखेको अपराधमा दोषी ठहर गरेको छ । यी युवतीलाई विभिन्न एजेन्सीहरुको संयुक्त प्रयासमा उद्धार गरिएको थियो ।
JUST IN: Shaikh Furqan Hussain jailed for three years by Nairobi Court for exploiting nine belly dancers from Nepal and Pakistan at his Balle Balle Club in Parklands. pic.twitter.com/TmqE4EMzil
— Pulse Live Kenya (@PulseLiveKenya) June 16, 2021
यी ९ युवतीमध्ये ८ जना नेपाली र एक पाकिस्तानी थिए। उनीहरु नैरोबीको लोफ्टस प्लाजामा रहेको बाल्ले बाल्ले क्लवबाट पक्राउ परेका थिए । केन्याको सिटिजन टेलीभिजनको रिपोर्टअनुसार मजिस्ट्रेट फ्रान्सिस अन्डायीले फैसलामा अभियोजन पक्षले विभिन्न शंकाका बावजुद हुसैनलाई दोषी प्रमाणित गरेको बताएका छन् । हुसैनलाई अदालतले ती युवतीहरुको शोषण गरेको र उनीहरुको यात्रा डकुमेन्टहरु जबरजस्ती कब्जा गरेकोमा दोषी ठहर गरेको छ ।







डिसी नेपाल








Facebook Comment