एउटा कानुनले चोरहरुको भाग्य चम्कियो, चोरीको डरले व्यवसायी भागाभाग

डिसी नेपाल
३ असार २०७८ १४:४२
832
Shares

काठमाडौं। कोरोनाभाइरसका कारण विगत डेढ वर्षको अवधि पूरै विश्वका लागि निकै चुनौपूर्ण रह्यो । तर, अमेरिकाका सान फ्रान्सिस्को सहरका लागि भने यो समय भाइरस महामारी मात्र नभइ चोरी पनि अर्को ठूलो समस्या बनेको छ । यहाँ चोरीको समस्या निकै विकराल बनिसकेको छ र यहाँका स्थानीय मात्रै नभइ रिटेल व्यवसायीहरु पनि हैरान भएका छन् । पछिल्ला केही महिनायता सान फ्रान्सिस्कोका रिटेल स्टोरमा चोरीका घटना निकै बढेका छन् ।

यहाँको चर्चित रिटेल स्टोर वालग्रिन्स त चोरीको समस्याबाट यतिसम्म हैरान भइसकेको छ कि उसले आफ्ना १७ स्टोर बन्द गरेको छ । वालग्रिन्स स्टोरमा चोरीको एउटा घटना सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यो भिडियोमा एक चोरले वालग्रिन्सको स्टोरमा पसेर कालो प्लास्टिकको झोलामा थुप्रै सामान लिएर भागेको देख्न सकिन्छ । भिडियोमा २ जना सुरक्षा गार्ड पनि देखिन्छन् जसले चोरीको भिडियो बनाइरहेका छन् । ती चोरले सामान जम्मा गरेपछि आफ्नो साइकलमा निस्किन्छन् र त्यहाँ भएका मानिसहरु केही गर्न सक्दैनन् ।

एबीसी सेभेनको एक रिपोर्टअनुसार सान फ्रान्सिस्को पछिल्लो समय संगठित अपराधको केन्द्र बनेको छ । यी स्टोरमा चोरी गर्ने चोरहरुले चोरी गरेका सामान यी स्टोरको आसपासमै बिक्री गरिदिन्छन् । यसरी चोरीका घटना बढ्नुको पछाडि कोरोनाकालमा बढेको बेरोजगारीलाई कारण मानिएको छ । यसका अलावा एउटा कानुनले पनि यी चोरहरुलाई प्रोत्साहित गरिरहेको मानिएको छ । २०१४ मा क्यालिफोर्नियामा एउटा कानुन पारित भएको थियो जुन कानुनअनुसार ९५० डलर भन्दा कम मूल्यका सामानको चोरीलाई तुच्छ अपराधको श्रेणीमा राखिन्छ र गम्भीर अपराधको श्रेणीमा राखिँदैन ।

कोरोनाकालमा बेरोजगारी बढिरहेका बेला मानिसहरुले कानुनको यही लुपहोलको फाइदा उठाउँदै पसलहरुमा चोरी गरिरहेका छन् । वालग्रिन्सलाई भने यो स्थिति निकै कठिन बनिरहेको छ किनकि वालग्रिन्सले सबै पसल बन्द गर्न पनि सकिरहेको छैन । वालग्रिन्सको एक स्टोरमा ४ महिनामा १८ चोरी भएपछि उसले स्टोर बन्द गर्ने घोषणा गरेको थियो तर कम्पनीले स्थानीयको आक्रोशको सामना गर्नुपर्यो । स्थानीयले कोरोनाकालमा यो स्टोर बन्द भयो भने स्थानीयलाई निकै समस्या हुने भन्दै यो स्टोर खुला रहनुपर्ने मागसहित मुद्दा नै हालिदिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.