टुङ्टुङ लेकका पहिरामा चार बेपत्ता

डिसी नेपाल
३ असार २०७८ १९:४१
20
Shares

सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन । पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने, “ मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ । ”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.