‘खोपको विषयमा वार्ता भइरहेको छ, केही दिनमै सकारात्मक समाचार आउँछ’

डिसी नेपाल
४ असार २०७८ १२:२०
108
Shares

काठमाडौं। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नेपाली नागरिकलाई कोरोना विरुद्धको खोपका विषयमा सरकारले चाँडै सकारात्मक समाचार दिने बताएका छन्।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युरोपेली मुलुकहरुले उपलब्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री तामाङले सरकारले चाँडै खोप ल्याउने बताएका हुन्।

मन्त्री तामाङले नेपाल खोप उत्पादन गर्ने मुलुक नभएकाले जुन मुलुकले खोप उत्पादन गर्छ, त्यही मुलुकसँग खोप किन्न वार्ता भइरहेको बताए। ‘खोपका विषमया सकारात्मक वार्ता भइरहेको छ, खोपको विषयमा सकारात्मक वार्ता भइरहेको छ, केही दिनमै सकारात्मक समाचार आउँछ,’ उनले भने।

उनले स्वास्थ्य सामग्री उपलब्ध गराउने मित्र राष्ट्रहरूले कोभिडविरुद्धको खोपका लागि पहल गरिरहेको पनि जानकारीले दिए। नेपालले मित्र राष्ट्रको सहयोगमा खोप पाउने उनको दाबी छ।

मन्त्री तामाङले भने, सरकारले खोप ल्याउन प्रयत्‍न गरिरहेको छ,’ यो देशबाट यति मात्रामा खोप ल्याउन सक्ने भन्ने कुरा बाहिर सार्वजनिक गर्दैनौं। हामी खोप ल्याउनका लागि प्रयत्‍नरत छौं।’

उनले  सरकारले महत्वपूर्ण स्वास्थ्य सामग्रीको आयातमा ध्यान दिनुका साथै आइसीयू र भेन्टिलेटरको विशेष माग  गरेकाे बताए। कोरोनापछि  काम लागोस र अन्य रोगको उपचारका लागि पनि सहयोग  भनेर सरकारले भेन्टिलेटर माग गरेकाे बताए।

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड १९ नियन्त्रका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोरोनाविरूद्ध लड्नका लागि सहयोग गर्ने बताए। गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने मन्त्री तामाङकाे भनाइ थियाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.