कोरोनाको दोस्रो डोज खोप लगाएपछि शरीरमा उत्पन्न भयो चुम्बकीय शक्ति

डिसी नेपाल
४ असार २०७८ १२:५४
1.6k
Shares

काठमाडौं। यतिबेला विश्वका विभिन्न मुलुक कोरोना भाइरस संक्रमणबाट आक्रान्त छ। कतिपय मुलुकले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाइरहेका छन् भने कतिपय मुलुक कोरोना विरुद्धको खोपका लागि सघर्ष गरिरहेका छन्।

यसैबीच भारतको महाराष्ट्रको नासिकमा कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएका एक व्यक्तिले चकित पार्ने दाबी गरेका छन्। उनले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएपछि आफ्नो शरीरमा चुम्बकीय शक्ति उत्पन्न भएको दाबी गरेका छन्। अहिले उनको शरीरमा फलाम टाँसिन्छ। उनको शरीरले चुम्बकको काम गरिरहेको छ।

नासिकको शिवाजी चोक नजिकै बस्ने ७१ वर्षीय अरविंद जगन्नाथ सेनारले २ जुनमा कोभिशिल्डको दोस्रो डोज लगाएका थिए। दोस्रो डोज लगाएपछि आफ्नो शरीरमा परिवर्तन आउन सुरु गरेको उनले बताएका छन्।

भारतीय संचारमाध्यमका अनुसार यतिबेला उनको शरीरमा चुम्बकीय शक्ति उत्पन्न भएको छ। सुरुमा पसिनाका कारण उनको शरीरमा फलाम टाँसिएको अनुमान गरिएपछि पसिनाका कारण नभइ चुम्बकीय शक्तिका कारण त्यस्तो भएका बताइएको छ।

यो घटना सार्वजनिक भएपछि राज्यका स्वास्थ्यमन्त्री राजेश टोेपेले सो विषयमा अनुसन्धान गर्न आदेश दिएका छन्। यो विषयमा चाँडै वास्तविकता सार्वजनिक गर्न मन्त्रीले निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *