किपद्वारा पर्यटक मजदुर र दृष्टिविहिनलाई राहत वितरण

डिसी नेपाल
४ असार २०७८ १७:२५
56
Shares

काठमाडौं । काठमाडौं इन्भाईरोन्मेन्टल एजुकेसन प्रोजेक्ट (किप)ले कोरोना महामारीका कारण प्रभावित पर्यटक मजदुर, दृष्टिविहिन, सडक तथा आनाथ आश्रमका बालबालिकालाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ । किपले शुक्रबार ठमेल क्षेत्रका पर्यटनमा आवद्ध रिक्सा चालकहरु र भारी बोक्ने भरीया गरी ७५ जनालाई खाद्यान्न वितरण गरेको हो ।

किपका अध्यक्ष बिमल नहर्कीले यसअघि पनि संस्थाले बालाजुको वाइपास नजिक पर्यटन क्षेत्रमा आवद्ध ६५ पर्यटन मजदुरका परिवारलाई राहत वितरण गरेको बताए । उनका अनुसार पहिलो चरणको लकडाउनको बेलामा पनि करिब १५० पर्यटन मजदुरका परिवारलाई राहत वितरण गरिसकेको छ ।

उनले भने, ‘हामीले दृष्टिविहिन र आनाथ आश्रमका १७ जनालाई राहत वितरण गर्यौ । दृष्टिविहिनलाई ७ बोरा चामल र आनाथ आश्रमका १७ जनालाई १० बोरा चामल राहत वितरण गर्यौ ।’ उनको अनुसार किपले रिक्सा चालकहरु र भारी बोक्ने भरीया गरि ७५ जना प्रत्येकलाई ५ केजी चामल, १ केजी दाल र एक प्याकेट नुन वितरण गरिएको थियो ।

अध्यक्ष नहर्कीले भने, ‘कोरोना महामारीले करिब एक वर्षदेखि पर्यटन व्यवसाय ठप्प छ । कामबिहीन पर्यटन मजदुरलाई केही राहत होस् भनेर हामीले विभिन्न दाताको सहयोगमा खाद्यान्न सामाग्री बाँडेका हौं ।’

आगामी दिनमा पनि राहत बाड्ने किप नेपालले जानकारी गराएको छ । करिब ३ दशक अगाडि स्थापना भएको किप नेपालले पर्यटन मजदुरलाई न्युनतम शुल्क लिएर ट्रेकिङ कपडा, बुट उपलब्ध गराउने र पर्या पर्यटन सम्बन्धी अभियान र तालिम दिने कार्य गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.