इजरायलले दिएको फाइजर कोरोनाभाइरस भ्याक्सिन प्यालेस्टाइनले किन फर्काइदियो ?
काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच भ्याक्सिन साटासाट गर्ने विषयमा भएको सम्झौता प्यालेस्टाइनी सरकारले रद्द गरेको छ । इजरायल र प्यालेस्टाइनबीच फाइजरका भ्याक्सिन साटासाट गर्ने सम्झौता भएकोमा प्यालेस्टाइनले इजरायलले आफूलाई उपलब्ध गराउन लागेको भ्याक्सिन छिटै एक्सपायर हुन लागेको भन्दै सम्झौता रद्द गरेको हो । यो सम्झौता भएसँगै सामाजिक संजालमा प्यालेस्टाइनको तीब्र आलोचना भएको थियो । अल जजीराका अनुसार सामाजिक संजालमा प्रयोगकर्ताहरुले प्यालेस्टाइनमाथि प्रभावकारिता सकिइसकेको भ्याक्सिन स्वीकार गरेको आरोप लगाएका थिए ।
‘आज बेलुकी इजरायलबाट प्राप्त फाइजर भ्याक्सिनको पहिलो ब्याचको स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुले जाँच गरेपछि ती ९० हजार डोजले हामीबीच भएको सम्झौताको शर्त पूरा नगर्ने पं्रस्ट भएको छ’ प्यालेस्टाइनका प्रवक्ता इब्राहिम मेलहेमले शुक्रबाल स्वास्थ्य मन्त्री माइ अल काइलासँगको संयुक्त पत्रकार सम्मेलनमा भने ‘यससँगै प्रधानमन्त्री मुहम्मद स्तायेहले स्वास्थ्य मन्त्रालयलाई इजरायलसँग भएको सम्झौता रद्द गर्न र आज प्राप्त भ्याक्सिन इजरायललाई फिर्ता गर्न निर्देशन दिनुभएको छ ।’
शुक्रबार बिहान इजरायलले आफूसँग भएको र केही समयमा म्याद गुज्रिन लागेको १ मिलियन डोज कोरोनाभाइरस भ्याक्सिन प्यालेस्टाइनलाई उपलब्ध गराउने र त्यसको बदलामा प्यालेस्टाइनमा यस वर्षको अन्त्यमा आउने त्यत्तिकै मात्र भ्याक्सिन आफूले लिने बताएको थियो । शुक्रबार इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरेर यसको जानकारी गराएको थियो । ‘सेप्टेम्बर, अक्टोबर २०२१ मा १.४ मिलियन डोजसम्म साटासाट हुन सक्नेछ’ वक्तव्यमा भनिएको थियो ।
वक्तव्यमा यी भ्याक्सिनको म्याद गुज्रिने स्पष्ट मिति उल्लेख भएको छैन । तर, नागरिक मामिलाका काम गर्ने इजरायली सैन्य इकाइ कोगाटले भने प्यालेस्टाइनी नियन्त्रण भएका क्षेत्रमा १ लाख डोज भ्याक्सिन पठाइसकेको शुक्रबार बिहान बताएको थियो । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले यसअघि यो सम्झौतामा फाइजरले भूमिका खेलेको बताएको थियो । फाइजरले भ्याक्सिन अभियान छिटो गर्न यस्तो गरेको बताइएको थियो ।







डिसी नेपाल








Facebook Comment