एकदिवसीय सिरिजका लागि इंग्ल्यान्डको टिम घोषणा
काठमाडौं । इंग्ल्यान्डले श्रीलंकासँग खेल्ने एकदिवसीय टिमको घोषणा गरेको छ । इंग्ल्यान्डले शनिबार इयोन मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्डले घोषणा गरेको टिममा जर्ज गार्टोन पहिलो पटक टिममा परेका छन् । अलराउण्डर बेन स्टोक्स र बलर जोफ्रा आर्चर टिमम छैनन् । उनीहरु चोटका कारण टिम बाहिर रहेका छन् ।
इंग्ल्यान्डले घरेलु मैदानमा श्रीलंकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुन २९ मा हुनेछ । त्यस्तै जुलाई १ मा दोस्रो र जुलाई ४ मा अन्तिम खेल हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment