विश्व विजेता फ्रान्सविरुद्ध हंगेरीले लियो अग्रता
काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा अहिले फ्रान्सले हंगेरीको सामना गरीरहेको छ। पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा विश्व विजेता फ्रान्सविरुद्ध घरेलु टालि हंगेरीले अग्रता बनाएको छ।
पहिलो हाफको इन्जुरी समयमा एटिला फियोलाले गोल गर्दै हंगेरीलाई १ – ० को अग्रता दिलाएका हुन।
करिब ६५ हजार दर्शकले हंगेरीको १२ औं खेलाडीको रुपमा साथ दिइरहेका छन। फ्रान्सले गोल गर्ने केही सुनौलो अवसर पाए पनि गोल भने गर्न सकेन।

खेलको १४ औं मिनेटमा एन्टेनियो ग्रिजम्यानले प्रहार गरेको बल हंगेरीका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए।
खेलको १७ औं मिनेटमा लुकास ड्याग्नेले दिएको उत्कृष्ट पासमा केलियन एम्बाप्पेले गोल गर्ने सुनौलो अवसर पाएका थिए। पेनाल्टी बक्स भित्र फ्रि हेडर पाएको बललाई उनले गोलमा परिणत गर्न सकेनन। उनले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
३२ औं मिनेटमा हंगेरीका २ खेलाडीलाई छलाउँदै एम्बाप्पेले पेनाल्टी बक्सभित्र करिम बेन्जिमालाई पास दिएका थिए। बक्स भित्र पाएको सुनौलो अवसरलाई बेन्जिमाले पनि टार्गेटमा राख्न सकेनन।
गु्रप अफ डेथको रुपमा रहेको समूह ‘एफ’ अन्र्तगतको यो खेलमा फ्रान्स लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गर्न चाहान्छ। फ्रान्सले पहिलो खेलमा उपाधि दाबोर जर्मनीलाई १–० गोल अन्तरले पाखा लगाएको थियो। फ्रान्स महत्वपूर्ण ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।
यस्तै हंगेरी पनि पहिलो जित निकालेर नकआउटको सम्भावना कायम नै राख्न चाहन्छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलसँग हंगेरीले राम्रो प्रर्दशन गरेको थियो। तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा अन्तिम ७ मिनेटमा मात्रै ३ गोल खान पुगेको थियो। पहिलो खेलमा पोर्चुगुलसँग ३–० ले पराजित भएको हंगेरी अंकबिहीन हुँदै समूहको पुछारमा छ।







डिसी नेपाल








Facebook Comment