पेनाल्टीमा चुकेको स्पेन पोल्याण्डसँग बराबरीमा रोकियो
काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ।
सेभियामा शनिबार राति सम्पन्न खेलमा स्पेन पोल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएको हो।
स्पेनले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउन पुग्यो।
खेलको २४ औं मिनेटमा अल्भारो मराटाले गोल गर्दै घरेलु टिमलाई १ – ० को अग्रता दिलाएका थिए।
दास्रो हाफको ५४ औं मिनेटमा रोर्बट लेवान्डोस्किले हेडरमार्फत उत्कृष्ट गोल गर्दै पोल्याण्डलाई १ – १ को बराबरीमा ल्याए।
दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन।
जीराड मउरिन्होले खेलको ३४ औं मिनेटमा प्रहार गरेको फ्रिकिक गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
३५ औं मिनेटमा लेवान्डोस्किले दिएको उत्कृष्ट पासलाई कारोल सिदेरेस्किले गोलमा परिणत गर्न सकेनन।

खेलको ४३ औं मिनेटमा रोर्बट लेवान्डोस्किले गोल गर्ने सुनौलो अवसर पाएका थिए। रिबाउन्ड भएर आएको बललाई बक्स भित्रबाट प्रहार गरेको बलमा उनले गोलकिपरलाई बिट गर्न सकेनन।
पोल्याण्डले बराबरी गोल फर्काए लगत्तै दोस्रो हाफको ५४ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो। तर, स्पेनका जिराड मउरिन्होले प्रहार गरेको पेनाल्टी गोलमा परिणत गर्न सकेनन। पोस्टमा लागेर फर्किएको बलमा मराटाले पनि गोले गर्न सकेनन। उनले प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरीएको थियो।

यो बराबरीसँगै स्पेनले समूह ‘ई’ मा २ अंक जोडेको छ। स्पेन समूहको तेस्रो स्थानमा छ। पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो। यो बराबरीसँगै नकआउट चरणको यात्रा कठिन बनेको छ।
बराबरीसँगै एक अंक जोडेको पोल्याण्ड अंकतालिकाको पुछारमा छ। पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो। पोल्याण्डले अघिल्लो चरणको यात्राका लागि अन्तिम समूहको खेलमा स्वीडेनसँग जितसँगै अन्य खेलका नतिजामा भर पर्नु पर्ने छ।







डिसी नेपाल








Facebook Comment