अमेरिकी राष्ट्रपति बाइडेनको प्रिय ‘च्याम्प’को मृत्यु

डिसी नेपाल
६ असार २०७८ १४:४२
484
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुर च्याम्पको मृत्यु भएको छ । जर्मन शेफर्ड प्रजातिको च्याम्पको १३ वर्षको उमेरमा मृत्यु भएको हो । राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले आफ्नो आधिकारिक सामाजिक संजालमा च्याम्पको मृत्युको खबर दिएका हुन् । जो र जिलले लेखेका छन् ‘च्याम्पले घरमा (ह्वाइट हाउस) शान्तिपूर्वक अन्तिम सास लिए ।’

आफ्नो भावुक सन्देशमा बाइडेन दम्पतीले भने ‘खुसीको अवसर भए पनि दुःखको अवसर भए पनि च्याम्प सधैं हाम्रो साथमा र हाम्रो नजिक रहे । यति समझदार थिए कि हामीले केही नभन्दा पनि मनको कुरा बुझ्थे । हामी उनलाई सधैं सम्झिनेछौं ।’ २० जनवरीमा शपथ लिएपछि पत्नीसँग ह्वाइट हाउस पुगेका राष्ट्रपति बाइडेनले ‘हामी ४ जना यहाँ बस्नेछौं’ भनेका थिए । उनले आफूहरु पती पत्नीसहित दुई जर्मन शेफर्ड कुकुरहरु च्याम्प र मेजर गरी ४ जना भनेका थिए ।

गएको मार्चमा मेजरले एक जनालाई टोकेको थियो । त्यसपछि उसलाई प्रशिक्षण केन्द्र पठाइएको छ ताकि उसको टोक्ने बानी हटाउन सकियोस् । च्याम्प बाइडेन परिवारमा २००८ मा आएको थियो । त्यतिबेला बाइडेन उपराष्ट्रपति थिए र बाराक ओबामा राष्ट्रपति थिए । केही दिनअघि ओबामाको पनि एक प्रिय कुकुरको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.