आफ्नो टेस्ट करिअरकै ऐतिहासिक दिनमा विराट कोहली शून्यमा आउट !

डिसी नेपाल
६ असार २०७८ १६:११
1.8k
Shares

काठमाडौं। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको लागि आज अर्थात २० जून विशेष दिन हो । आजभन्दा १० वर्षअघि आजकै दिन कोहलीले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । वेस्ट इण्डिजविरुद्धको टेस्टमा कोहलीले डेब्यू गरेका थिए । आज कोहलीले टेस्ट डेब्यू गरेको १० वर्ष पुग्यो ।

यस क्रममा विराट अहिले पनि टेस्ट खेल्दै थिए । आफ्नो टेस्ट करिअरको ठिक १० वर्ष पुगेको ऐतिहासिक दिनमा विराट कोहलीले खास उपलब्धी हासिल गर्ने भारतीय फ्यानहरुले अपेक्षा गरेका थिए । तर, यसमा कोहली फेल भएका छन् । करिअरकै ऐतिहासिक दिनमा कोहली शून्यमा आउट भएका छन् ।

विश्व टेस्ट च्याम्पियनसिपको पहिलो दिन ४४ रन बनाएर नटआउट रहेका कोहली आज दोस्रो दिन ब्याटिङ गर्न आएका थिए । तर, कोहलीले आज १ रन पनि थप्न सकेनन् । ८ बलको सामना गरेका कोहली एक रन पनि नबनाइ आउट भए । ४४ रन उनले हिजै बनाइसकेका थिए । उनले आज एक रन पनि थप्न सकेनन् अर्थात आज उनले १ रन पनि बनाउन नसकी शून्यमा आउट भए ।

हुन त डेब्यू खेलमा पनि विराटको प्रदर्शन उल्लेख्य थिएन । पहिलो इनिङमा उनी १० बल खेलेर केवल ४ रन बनाएर आउट भएका थिए । दोस्रो इनिङमा उनले ५४ बल खेलेर १५ रन बनाएका थिए । राहुल द्रविडको उत्कृष्ट प्रदर्शनका कारण खेल भने भारतले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.