युरोकप फुटबलः समूह ‘बी’ मा बेल्जियमलाई विजेता बन्ने अवसर, नकआउट सम्भावना कसको कति ?

डिसी नेपाल
७ असार २०७८ १६:५६
276
Shares

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलमा सोमबार (आज) राति चार खेलहरु हुँदैछन्।

युरोकपको समूह चरणका अन्तिम खेल अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ को समान दुई दुई खेलहरु हुँदैछन।

समूह ‘बी’ मा बेल्जियम र फिनल्याण्ड तथा रुस र डेनमार्कबीचका खेल राति १२ः४५ बजे सुरु हुनेछन।

बेल्जियम यस अघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। फिनल्याण्डविरुद्ध जित निकाल्दै बेल्जियम समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिने छ। अघिल्ला दुई खेल जितेको बेल्जियम ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ।

फिनल्याण्डका लागि यो खेलमा जित निकै महत्वपूर्ण छ। बेल्जियमलाई हराएर फिनल्याण्ड नकआउट चरणमा प्रवेश गर्न चाहान्छ। तर, बलियो टोलि बेल्जियमविरुद्ध जित निकाल्न भने फिनल्याण्डलाई निकै कठिन हुनेछ। फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ।

यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्दै छ। रुसका लागि जित धेरै महत्वपूर्ण छ। रुसले डेनमार्कसँग जित निकालेको खण्डमा सिधै नकआउट चरणमा पुग्ने छ। बराबरी भएम बेल्जियम र फिनल्याडको खेल नतिजाले रुसको यात्रा तय गर्ने छ।

रुस २ खेलमा ३ अंक जोड्दै गोलअन्तरका आधारमा दोस्रो नम्बरमा छ।

यस्तै डेनमार्कका लागि पनि झिनो आसा भने बाँकी नै छ। तर, सहज भने छैन। यदि डेनमार्कले रुसलाई फराकिलो गोलअन्तरले हराउन सकेमा र सँगै

अर्को खेलमा बेल्जियमले फिनल्याण्डलाई फराकिलो गोलअन्तरले हराएको खण्डमा डेनमार्क अघिल्लो चरण पुग्ने छ। तर, यो अंकगणित त्यति सहज भने छैन।

अंकतालिकामा अंक विहीन रहदै डेनमार्क तालिकाको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.