पाकिस्तानी प्रधानमन्त्री इमरान खानको महिलाप्रति लक्षित विवादित बयान

डिसी नेपाल
८ असार २०७८ १७:०३
284
Shares

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यौन हिंसाको विषयमा कुरा गर्दै गर्दा महिलाप्रति लक्षित विवादित बयान दिएका छन् । यो बयानका कारण देशका उदारवादी महिलाहरुले इमरानलाई निशाना बनाएका छन् । एक साक्षात्कारमा इमरानले यौन हिंसाका लागि महिलाहरु नै जिम्मेवार हुने आशयको बयान दिएपछि विवाद भएको हो । इमरानले पर्दा प्रथाको पक्ष लिँदै पर्दा प्रथा हटेका कारण देशमा यौन शोषण बढेको बताए ।

न्यूजविकका अनुसार प्रधानमन्त्री इमरानले देशमा बढ्दो यौन हिंसाको लागि महिलाहरुलाई नै जिम्मेवार ठहर्याएका छन् । उनले महिलाहरुलाई पर्दामा रहन सल्लाह दिए । उनले जोड दिँदै भने – समाजमा यौन हिंसाका घटना बढ्नुको पछाडि महिनाका छोटा कपडा जिम्मेवार छन् । एचबीओ एक्सिओसलाई दिएको अन्तरवार्तामा उनलाई देशमा बढिरहेका यौन अपराधका विषयमा सोधिएको थियो ।

जवाफमा इमरानले यसको लागि पर्दा प्रथाको अन्त्य र महिलाका छोटा कपडालाई जिम्मेवार माने । उनले भने ‘यदि कुनै महिलाले छोटा कपडा लगाउँछिन् भने यसको सीधा असर पुरुषहरुमा पर्नेछ । पुरुष कुनै रोबोट होइन जसका कारण यसको असर उसमा नपरोस् ।’ इमरानले यसलाई कमन सेन्स भने ।

इमरानले डिस्को र नाइट क्लवका कारण यौन हिंसा बढेको बताए । उनले भने ‘हाम्रो देशमा न डिस्को छन् न नाइट क्लव । यहाँको समाज एकदम फरक छ । पाकिस्तानमा बाँच्ने तरिका फरक छ ।’ यदि यहाँ प्रलोभन बढाइयो र युवाहरुसँग कहीँ जाने अवसर भएन भने यसको केही न केही परिणाम देखिने उनले बताए । इमरानले यसअघि पनि यौन हिंसाको विषयमा यस्तै विवादित बयान दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.