अन्तरिक्ष जान लागेका जेफ बेजोसलाई एक लाख जनाले भने ‘फेरि पृथ्वीमा नफर्किनू’
काठमाडौं। संसारकै सबैभन्दा धनी अर्बपति जेफ बेजोस अन्तरिक्ष यात्रामा जाँदैछन् । उनी आफ्ना भाइका साथमा अन्तरिक्षमा जान लागेका हुन । बेजोस अन्तरिक्षमा जाने घोषणा गरेपछि मजाकमा एउटा याचिकामा हस्ताक्षर गर्ने अभियान सुरु भएको थियो । तर, त्यो विषय यति लोकप्रिय भएको छ कि झण्डै १ लाख जनाले बेजोसलाई अन्तरिक्षमा गएपछि फेरि पृथ्वीमा नफर्किनु भनेका छन् ।
यो समाचार तयार पार्दासम्म ९६ हजार ५ सय भन्दा धेरैले उक्त याचिकामा हस्ताक्षर गरिरहेका छन् । चेन्ज डट ओआरजीमा आह्वान गरिएको यो याचिकामा हस्ताक्षर गर्ने क्रम अझै जारी छ र यो संख्या निरन्तर बढिरहेको छ । यी हस्ताक्षरकर्ताहरुले अमेजनका संस्थापक अर्बपति बेजोस अन्तरिक्षमा गएपछि उनलाई उतै राख्न र पृथ्वीमा फर्किन नदिन समर्थन गर्दै हस्ताक्षर गरेका हुन् ।
बेजोसले ७ जूनमा आफू २० जुलाइमा अन्तरिक्षमा जान लागेको घोषणा गरेका थिए । उनले आफूले स्थापना गरेको कम्पनी ब्लु ओरिजिनको रकेटबाट अन्तरिक्षमा जाने घोषणा गरेका थिए । ब्लु ओरिजिनले मानव सहित पहिलो अन्तरिक्ष उडान गर्दैछ । उनको यो बयानपछि नेटिजेनहरुले धेरै मीम र बयान दिए तर यो याचिका तीमध्ये सबैभन्दा रोचक मानिएको छ ।
द गार्डियनको रिपोर्टअनुसार ‘जेफ बेजोसलाई पृथ्वीमा फर्किन अनुमति नदिइयोस्’ शीर्षकको यो याचिका रिक जी नामका प्रयोगकर्ताले सुरु गरेका हुन् । बेजोसले अन्तरिक्षमा जाने घोषणा गरेको ३ दिनपछि यो याचिका सुरु गरिएको हो । यो याचिकामा भनिएको छ ‘पृथ्वीमा अर्बपतिहरु बस्नु हुँदेन । उनीहरु अन्तरिक्षमा बस्न सक्छन् ।’







डिसी नेपाल








Facebook Comment