पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरी भिड्दै, कसको सम्भावना कति ?

डिसी नेपाल
९ असार २०७८ १८:४०
1.5k
Shares

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन्। समूह ‘एफ’ का दुई खेलमा उपाधि दाबेदार टिम पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीचको खेल बुधबार राति १२ः४५ बजे सुरु हुनेछ।

गुरुप अफ डेथका रुपमा रहेको समूह ‘एफ’ मा फ्रान्स एक खेल अगावै नकआउट चरणमा प्रवेश गरिसकेको छ। अन्य तीनवटै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना छ। तर, तीनवटा टिममध्ये एउटा टिमले मात्रै सिधै नकआउटको यात्रा तय गर्ने छ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगल विश्व विजेता फ्रान्सविरुद्ध मैदानमा उत्रदा अंक लिनै पर्ने दबावमा हुनेछ। पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्ने लक्ष्यकासाथ मैदानमा उत्रने छ।

फ्रान्ससँग बराबरी गर्न सकेको अवस्थामा पनि पोर्चुगलको नकआउट पुग्ने सम्भावना बलियो छ।

समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३ – ० ले पराजित गरेको पोर्चुगल दोस्रो खेलमा जर्मनीसँग ४ – २ ले पराजित भएको थियो।

पोर्चुगल २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ।

विश्व विजेता फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ। स्टार खेलाडीको बर्चस्व रहेको फ्रान्स पोर्चुगललाई हराएर समूह विजेता बन्ने लक्ष्यकासाथ मैदानमा उत्रने छ।

पहिलो खेलमा जर्मनीलाई १ – ० गोलले पराजित गरेको फ्रान्स दोस्रो खेलमा हंगेरीसँग १ – १ को बराबरीमा रोकिएको थियो।

समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ।

यस्तै समूहको अर्को खेलमा जर्मनीले हंगेरीको सामना गर्ने छ। उक्त खेल पनि बुधबार राति १२ः४५ बजे नै सुरु हुनेछ।

जर्मनी आजको खेल जित्दै नकआउट चरणको यात्रा पक्का गर्न चाहान्छ। बराबरीको नतिजाले पनि जर्मनीको नकआउट पुग्ने सम्भावना कायम छ।

पहिलो खेलमा फ्रान्ससँग १ – ० ले स्तब्ध बनेको जर्मनीले दोस्रो खेलमा पोर्चुगोललाई ४ – २ ले पराजित गरेको थियो।

जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ।

हंगेरीसँग भने जर्मनीलाई पराजित गर्नु बाहेक अन्य विकल्प छैन। जर्मनीलाई पराजित गर्न सकेमा सिधै अथवा उत्कृष्ट तेस्रो स्थानको टिमको हिसाबमा हंगेरी अन्तिम १६ मा प्रवेश गर्ने छ।

पहिलो खेलमा पोर्चुगलसँग ३ – ० ले पराजित बनेको हंगेरी दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गर्दै फ्रान्ससँग १ – १ को बराबरी खेलको थियो।
हंगेरी १ अंक जोडेर समूहको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *