सानदार जित निकाल्दै स्पेन नकआउट चरणमा

डिसी नेपाल
९ असार २०७८ २३:४४
544
Shares

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा स्पेन सानदार जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ।

सेभियामा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५ – ० गोलअन्तरले पराजित गर्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको हो।

घरेलु टोलि स्पेनलाई जित दिलाउन एमरिक लार्पोट, पाब्लो सराबिया र फारेन टोरेसले एक एक गोल गरे। स्पेनले दुई गोल भने उपहार पाएको थियो।

स्पेनले विपक्षी गोलकिपर मार्टिन डोबराभ्काको आत्मघाती गोलमद्दतमा १ – ० को अग्रता लिएको थियो।

An unfortunate moment for Martin Dubravka (Slovakia), who has scored an own goal.

खेलको ३० औं मिनेटमा पाब्लो सेराबियाले प्रहार गरेको बल पोस्टमा लागेर माथि उठेको थियो। उक्त बल गोलबाट बचाउन खोज्दा किपरले आत्मघाती गोल गर्न पुगे।

Image

पहिलो हाफको इन्जुरी समयमा एमरिक लार्पोटले गोल गर्दै स्पेनलाई २ – ० को अग्रता दिलाए। दोस्रो हाफको ५६ औं मिनेटमा गोल गर्दै पाब्लो सराबियाले घरेलु टोलिलाई ३ – ० को स्थितिमा पुर्याए।

It's a goal! Gerard Moreno sends a long raking pass onto the head of Aymeric Laporte (Spain), who makes no mistake from close in and sends the ball into the right side of the goal. 0:2.

 

६७ औं मिनेटमा परिवर्तन भएर मैदान प्रवेश गरेका फेरान टोरेसले पहिलो टचमा नै गोल गर्दै स्पेनलाई ४ – ० को अग्रता दिलाए।

खेलको ७१ औं मिनेटमा पाएको उपहार गोलको मद्दतले स्पेन ५ – ० गोलअन्तरले विजयी भएको हो।

Image

खेलको १२ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गरेका अलभारो मोराटा पेनाल्टी प्रहारमा गोल गर्न चुके।

समूह ‘ई’ मा रहेको स्पेनले तीन खेलमाा २ मा बराबरी र १ खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो।

समूहमा स्पेन ५ अंकका साथ समूहको दोस्रो स्थानमा छ।

पराजित स्लोभाकियाको नकआउट सम्भावना भने सकिएको छ। स्लोभाकिया समूह चरणका तीन खेलमा एक जित र दुई खेलमा हार बेहोरेको छ।

३ अंक बटुल्दै समूहको तेस्रो स्थानमा रहेको स्लोभाकियाको गोलअन्तर धेरै भएकोले अन्तिम १६ मा छनोट हुने सम्भावना सकिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *