कोपा अमेरिका फुटबलमा उरुग्वेको पहिलो जित
काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित हात पारेको छ।
एरिना पन्टानलमा शुक्रबार बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई २ – ० ले पराजित गर्दै पहिलो जित हात पारेको हो।
उरुग्वेलाई जित दिलाउन एडिन्सन कभानीले एक गोल गरे। उरुग्वेले एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो।
पहिलो हाफको ४० औं मिनेटमा विपक्षी गोलकिपर कार्लोस लाम्पेको आत्मघाती गोलमा उरुग्वेले १ – ० को अग्रता बनाएको थियो। बोलेभियाका डिफेण्डरले बल क्लियर गर्न खोज्दा आफ्नै किपरको खुट्टामा डिफलेक्सन भएर गोलमा परिणत भएको थियो।
पहिलो हाफमा १ – ० ले अघि रहेको उरुग्वेले दोस्रो हाफमा थप एक गोल गर्यो। दोस्रो हाफको ७९ औं मिनेटमा फासुंडो टोरेसले दिएको पासमा कभानीले गोल गर्दै उरुग्वेलाई २ – ० को जित दिलाएका हुन।
समूह ’ए’ मा रहेको उरुग्वेको प्रतियोगितामा यो पहिलो जित हो। जितसँगै उरुग्वे अंकतालिकाको तेस्रो नम्बरमा उक्लिएको छ। उरुग्वेले ३ खेलबाट ४ अंक बटुलेको छ।
पराजित बोलिभियाले भने अंक जोड्न सकेको छैन। ३ खेलमा पराजित बोलिभिया अंक बिहीन हुँदै समूहको पुछारमा छ।







डिसी नेपाल







Facebook Comment