सांसदलाई नै नक्कली कोरोना खोप लगाइयो, ४ दिनपछि बिरामी परिन्
काठमाडौं। कोरोनाभाइरस महामारी बढिरहेको बेला यसको खोपको माग बढिरहेको छ । धेरै देशहरुले प्राथमिकताका आधारमा नागरिकहरुलाई खोप दिइरहेका छन् । यस्तोमा मानिसहरु खोप लगाउने अवसर पाएमा त्यसको उपयोग गर्न चाहन्छन् । मानिसहरुको यही चाहनाका बीच नक्कली खोपको बिगबिगी पनि बढिरहेको छ । भारतमा एक जना सांसदलाई नै नक्कली खोप लगाइएको छ ।
भारतको पश्चिम बंगाल राज्यकी तृणमूल कांग्रेस पार्टीकी सांसद मिमी चक्रवर्तीलाई पनि नक्कली खोप लगाइयो । खोप लगाएको ४ दिनपछि उनी बिरामी परेकी छिन् । कोलकातामा एक शिविरमा उनलाई नक्कली खोप लगाइएको थियो । यसको जाँचको लागि कमिटी बनाइएको छ र आरोपीलाई पक्राउ गरिएको छ ।
रिपोर्टका अनुसार सांसद चक्रवर्तीले स्वास्थ्य बिग्रिएपछि घरमै डाक्टर बोलाएकी छिन् । उनलाई अत्याधिक पेट दुख्ने र लगातार पसिना आउने समस्या भएको थियो । उनलाई अस्पताल भर्ना गराउन सल्लाह दिइएको छ । तत्कालका लागि भने उनले अस्पताल भर्ना हुन अस्वीकार गरेपछि उनको घरमै उपचार भइरहेको छ ।
सांसद चक्रवर्तीले नै बुधबार कोलकातामा चलिरहेको नक्कली खोप क्याम्पको खुलासा गरेकी थिइन् । मिमीका अनुसार उनलाई देवांजनदेव नामका एक व्यक्तिले आफूलाई सरकारी अधिकारी बताएर फोन गरेका थिए । उनले तेस्रो लिंगी र अपांगहरुका लागि छुट्टै खोप अभियान चलाइरहेको बताएका थिए ।
मिमीका अनुसार उनले जनतालाई प्रोत्साहित गर्न शिविरमा गएर खोप लगाइन् । तर, पछि उनको मोवाइलमा खोप लगाएको म्यासेज आएन । शंका लागेपछि उनले पुलिसमा उजुरी गरिन् र आरोपी पक्राउ परे ।







डिसी नेपाल








Facebook Comment