वेल्सविरुद्ध डेनमार्कलाई अग्रता
काठमाडौं। युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको पहिलो खेलमा अहिले डेनमार्क र वेल्सबीच प्रतिस्प्रधा भइरहेको छ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले अग्रता लिएको छ।
युवा स्ट्राइकर कास्पर डोलबर्गको उत्कृष्ट गोल मद्दतमा डेनमार्कले पहिलो हाफमा १ – ० को अग्रता बनाएको हो।
डोलबर्गलेले पहिलो हाफको २७ औं मिनेटमा १८ यार्ड बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन। यसअघिका खेलमा प्लेइङ ११ मा नपरेका २३ वर्षे डोलबर्ग युसुफ पोल्सनको इन्जुरीका कारण आजको खेल खेल्ने अवसर पाएका हुन्।
यस्तै खेलको १० औं मिनेटमा स्टार स्ट्राइकर ग्यारेथ बेलले वेल्सका लागि एउटा राम्रो मौका बनाएर गरेको प्रहार गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।
आजको खेल जित्दै दुबै टिम क्वाटरफाइनलमा प्रवेश गर्न चाहान्छन्।
डेनमार्क समूह ’बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। समूह चरणमा डेनमार्कले एक खेलमा जित, र दुई खेलमा हार बेहोर्दै अन्तिम १६ मा पुगेको थियो।
यस्तै वेल्स पनि समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह चरणमा वेल्सले एक खेलमा जित, एक बराबरी र एक खेलमा पराजित नतिजा निकाल्दै नकआउट चरणको यात्रा तय गरेको थियो।







डिसी नेपाल







Facebook Comment