इटाली र अष्ट्रियाको पहिलो हाफ गोलरहित बराबरी

डिसी नेपाल
१३ असार २०७८ १:३३
88
Shares

काठमाडौं। युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको दोस्रो खेलमा अहिले इटालीले अष्ट्रियाको सामना गरिरहेको छ।

इंग्ल्याण्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ  गोलरहित बराबरीमा सकिएको छ।

खेलमा इटली केही हावी देखिए पनि गोल भने दुवै टिमले गर्न सकेनन।

Image

१७ औं मिनेटमा निकोलो बरेलाले डिबक्स भित्र गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल अष्ट्रियाका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए।

खेलको ३० औं मिनेटमा सिरो इमोबिलेले डिबक्सबाहिरबाट प्रहार गरेको बल गोलपोस्टमा लागेर बाहिरीएको थियो।

Christoph Baumgartner (Austria) is lying on the ground after being tackled and the physio comes onto the pitch to give him medical treatment.

इटाली समूह चरणमा शतप्रतिसत जित निकाल्दै समूह ’ए’ को विजेताका रुपमा नकआउट चरणमा पुगेको हो। आजको खेल जित्दै इटाली क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहान्छ।

पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेर किर्तीमान कायम गरेको अष्ट्रिया पनि इटालीलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा पुग्न चाहान्छ।

अष्ट्रिया समूह ’सी’ को उपविजेता बन्दै नकआट चरणमा प्रवेश गरेको हो। अष्ट्रियाले समूह चरणका ३ खेलमा २ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *